Breaking News

घरेलु मदिरा पिउँदा धनुषामा ५ जनाको मृत्यु, एकको अवस्था गम्भिर

Banner

जनकपुरधाम,  फागुन ३०-

होलि पर्वको अवसरमा अत्यधिक मदिरा पिउँदा धनुषामा पाँचजनाको मृत्यु भएको छ ।

घरेलु मदिरा सेवन गरेका पाँच जनाको धनुषामा ज्यान गएको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण ५ जनाको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मृत्यु हुनेमा ६५ वर्षीय गुद्री महरा, ३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय बिलास मण्डल, ३६ वर्षीय रामनारायण महरा र ३० वर्षीय राजु महरा छन् । बुधबार ३ जनाको ज्यान गएकोमा बिहीबार थप २ को पनि मृत्यु भएको हो ।

सुरुमा कालगतिले मृत्यु भएको भनिए पनि शुक्रबार बिहान अनुसन्धान गर्दा अत्यधिक रक्सीले उनीहरूको मृत्यु भएको पाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

घरेलु मदिराकै सेवनबाट अर्का एकजना गम्भीर बिरामी परेका छन् । सिकिस्त बिरामी २७ वर्षीय इनरजीत महरालाई घोपा क्याम्प धरान पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>