चितवन विशेष

कोरोनाः भरतपुर अस्पतालमा १९ शैयाको छुट्टै आइसोलेशन कक्ष

Banner

चितवन,फागुन २९-

जिल्लामा कोरोना भाइरसका बिरामीलाई उपचारका लागि राख्न भरतपुर अस्पतालमा आइसोलेशन वार्ड (छुट्टै कक्ष) विस्तार गरी १९ पु¥याइएको छ । अस्पतालमा आज कोरोना रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले पाँच श्यया रहेको आइसोलेशन वार्डलाई १९ श्ययाको बनाउने निर्णयसँगै कार्यान्वयनमा ल्याएको हो ।

अस्पतालमा आएका शङ्कास्पद बिरामीलाई सेवा दिन श्यया थप गरिएको बताइएको छ । अस्पतालमा रहेको कोरोना आउट ब्रेक म्यानेजमेन्ट टिमलाई विस्तार गरी १३ सदस्यीय बनाइएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार लक्षण देखिएका बिरामीलाई छुट्टै कक्षमा राखी उपचार गर्ने व्यवस्था मिलाइएको हो । पछिल्लो १० दिनदेखि रुघाखोकी तथा ज्वरो आएको दुई हप्ताभित्र कोरोना जोखिमयुक्त देशमा भ्रमण गरेको वा भ्रमण गरेका व्यक्तिसँग भेटघाट भएका व्यक्तिले अस्पतालको २०१ नं कोठाबाट सेवा लिनसक्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै अस्पतालले आज एक शङ्कास्पद बिरामीको नमूना परीक्षणका लागि पठाएको छ । उपचारका लागि आएका बिरामीको लक्षणका कारण आजै केन्द्रीय प्रयोगशाला पठाइएको तिवारीले जानकारी दिनुभयो । यसअघि आएका दुई शङ्कास्पद बिरामीको नमूना परीक्षणका लागि पठाइएकामा त्यसको नतिजा नेगेटिभ देखिएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>