Breaking News

कोरोनाभाइरसको त्रास : संसद र स्कुल बन्द गर्न सांसदको माग

Banner

काठमाडौं, फागुन २९-

कोरोनाको संक्रमण नेपालमा भित्रिएका त्यसलाई नियन्त्रणमा लिन नसकिने भन्दै पूर्व सावधानी अपनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले माग गरेका छन् ।

अमेरिका युरोप लगायतले यात्रा लगायतमा प्रतिवन्ध लगाइसकेको र धेरै मानिसहरु भीडभाड हुने काम रोकिसकेको भएपनि नेपाल सरकारले त्यसलाई वेवास्ता गरेको उनले आरोप लगाए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोनाभाइरस विश्वभर प्रकोपका रूपमा फैलिरहेको भन्दै संसद बैठक रोक्न माग गरेका छन् । संसद र स्कुलहरू बन्द गर्नुपर्ने उनले बताए ।

बिहीबार प्रतिनिधिसभामा सांसद प्रधानले भने, ‘संसद चलाइराख्नुको तुक छैन । स्कुल बन्द गर्नुपर्छ । कोरोनाभाइरस संक्रमण फैलियो भने नेपालले रोक्न सक्दैन ।’

सरकारले उच्च सतर्कता अपनाउन नसकेको उनले बताए ।

‘सरकारको एक्सन आउनुपर्‍यो । भीडभाड हुने संसद र स्कुल बन्द गर्नुपर्‍यो,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>