Breaking News

चितवनमा पण्डित बनेर १४ लाख बढीको धनमाल चोरी

Banner

निशा श्रेष्ठ

चितवन, फागुन २८-

पछिल्लो समयमा चितवनमा चोरीका घटना बढ्दै गएका छन् ।

जिल्ला प्रहरीले कार्यालयले आज पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको हो । प्रहरीका अनुसार चोरीका घटना बढेसँगै त्यसका प्रकृति अचम्म खालका छन् । भरतपुर महानगरपालिका पनि त्यस्तै अचम्मलाग्दो चोरीको घटना बाहिरिएको छ ।

भारत मोतिहारी घर भएका वर्ष १८ का नेहाल तिवारी पण्डित बनेर भरतपुर–२ बेलटाँडी बस्ने मञ्जु खाँडको घरमा पुग्छन् । नेहालका बाबु पनि पण्डित भएकाले मञ्जु खाडको चिनजान पनि भएको हुन्छ ।

निज नेहाल तिवारीले आफूले समेत पुरेत्याई गर्ने भनी पीडित मन्जु खाँडलाई विश्वास दिलाउँछन् । फागुन २० गतेका दिन निज नेहाल तिवारीलाई बोलाई घरमा पूजा लगाउँछिन् । पूजा लगाउने बहानामा स्वस्ती शान्ति गर्नु पर्छ भन्दै पीडितलाई विश्वासमा पारी घरमा सुनचाँदीको गरगहना रहने स्थानको बारेमा पूर्वजानकारी लिन्छन् । सो पश्चात आरोपित तिवारीले अन्य साथीहरु समेतको सहयोगमा उक्त घरको निगरानी राखेको हुन्छन् ।

सोही फागुन २३ गते बेलुकी घरका मानिसहरु खाना खान भान्साकोठामा गएको मौका छोपी घर भित्र पसी नगद तथा धनमाल चोरी गर्छन् । यसरी उनीहरुले फागुन २३ गते १४ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको धनमाल चोरी गर्छन् ।

कसरी प्रक्राउ परे ?

चोरी भएको जानकारी लगत्तै सम्बन्धित परिवारले तुरुन्तै जिल्ला प्रहरी कार्यालय चितवनमा जानकारी गराएका थिए । घटनाको जानकारी हुनासाथ घटनास्थलमा प्रहरी पुगी सम्बन्धित घरधनीलगायत स्थानीय मानिससँग बुझ्दा पक्राउ परेका मध्ये नेहाल तिवारी, राजनकुमार उपाध्याय, बिक्की भनिने सोनुकुमार पाण्डे, बिपुल भन्ने रितिक रोशन र बिक्की कुमार गुप्ताले चोरी गरेको भन्ने खुल्न आएको थियो । फागुन २६ गते नारायणगढ एरियाबाटै पक्राउ गरिएको प्रमुख गुरुङले जानकारी दिए ।

निजहरुलाई सोधपुछ गर्दा चोरी गरेको सुन बिक्की कुमार गुप्ताले लिई गई वीरगंजमा सुनचाँदी पसल गरी बस्ने राजकुमार गुप्तालाई बिक्री गरेको भनी खुल्न आएको छ । तत्कालै चितवन प्रहरी टोली वीरगंज खटी गई फागुन २५ गतेका दिन पर्सा प्रहरीसँग समन्वय गरी निज बिक्की कुमार गुप्ता र राज कुमार गुप्तालाई पक्राउ गरी राजकुमार गुप्ताले खरिद गरेको मध्ये पसलमा भएको सुनचाँदीको गरगहनाहरु बरामद गरी ल्याइएको प्रहरी प्रमुख नान्तिराज गुरुङले जानकारी दिए ।

उल्लेखित मानिसहरुले चितवनको अन्यत्र स्थानमा समेत धनमाल चोरी गरेको हुनसक्ने देखिकाले सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आज उनीहरुलाई पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यलय चितवनले नेहाल तिवारीसहितको चोरी गर्ने समूहलाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख नान्तीराज गुरुङले पुरेत्याई गरी घरकोठा तथा धनमाल राख्ने ठाउँको बारेमा जानकारी लिई चोरी गर्ने गरेको भन्ने खुल्न आएको जानकारी दिए ।

आरोपित चोरीका नाइके बिक्कीकुमार गुप्ता रहेका छन् । . गुप्ताले अन्यलाई मासिक तलब दिई चोरी गर्न लगाउने र चोरी गरेको धनमाल अन्यले बिक्कीकुमार गुप्तालाई बुझाउने गरेको पाइएको प्रमुख गुरुङले बताए । पक्राउ परेका ६ जना उपर डाँका चोरी मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पाँचदेखि १० वर्षसम्म कैद

नेहाल तिवारी, राजनकुमार उपाध्याय, बिक्की भनिने सोनुकुमार पाण्डे, बिपुल भन्ने रितिक रोशन र बिक्की कुमार गुप्तालाई ५ वर्षदेखि १० वर्षसम्म कैद, ५० हजार देखि एक लाख रुपैयाँ सम्म जरिवाना हुने सक्ने कानुनमा उल्लेख छ । यस्तै चोरीको धनमाल खरिद गर्ने राजकुमार गुप्तालाई ५ वर्ष कैद वा ५० हजार जरिवाना वा दुवै सजाय हुनेसक्ने प्रहरीले जनाएको छ ।

घटना २

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा सट्टेबाजी गर्ने एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

बारा कलैयाका चितवन भरतपुर नारायणगढ न्युरोड बस्ने वर्ष ३० को अनिल साह सोनीलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको हो । राष्ट्रिय तथा अन्तर्र्रािष्ट्रय खेलहरुमा सामाजिक सञ्जालहरु तथा मोबाइल मार्फत् पैसाको बाजी थापी हारजित हुने गरी सट्टेबाजी खेल्ने तथा खेलाउने गरेको गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी प्रमुख गुरुङले जानकारी दिए ।
साहले पैसाको बाजी थापी हारजित हुने गरी सट्टेबाजी खेल्ने तथा खेलाउने गरेको भनि स्वीकार समेत गरेको गरिसकेको प्रहरीले जानकारी दिएको छ । निजको साथमा फेला परेको मोबाइलमा चेकजाँच गर्दा पैसाको बाजी थापेको म्यासेजहरु समेत फेला परेको हुँदा उक्त मोबाइलसमेत बरामद गरिएको छ ।

पक्राउ परेका अनिल साह सोनी माथि सट्टावाजी मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

जुवा खेल्ने प्रहरी निलम्बनमा

जिल्ला प्रहरी कार्यलय चितवनले भरतपुर महानगर–२२ पटिहानीबाट तास खेल्ने पाँच जनालाई पक्राउ गरी जुवा मुद्दामा कारबाही गरेको बताएको छ ।
पक्राउ परेका मध्ये संलग्न एक जना प्रहरी जवान रहेको छन् । प्रक्राउ परेका प्रहरीलाई निलम्वन गरिएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । पक्राउ परेका व्याक्तिबाट दुई बुक तास र नगद पाँच हजार ५९० समेत बरामद गरिएको छ ।

अनलाइन ठगी गर्ने मानिस पक्राउ

चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुर बस्ने मुना भट्टराईले सामाजिक सञ्जाल ह्वाट्स्याप चलाउने क्रममा ह्यारी नाम गरेको ह्वाटस्याप एकाउन्ट चलाउने व्यक्तिसँग सम्पर्क हुन्छ ।

कुराकानीको क्रममा निज ह्यारी एकाउन्ट चलाउने व्यक्तिले ल्यापटप, मोबाइललगायतका सामानहरु उपहार पठाइ दिने भनि प्रलोभनमा पार्छिन् भट्टराईले । पछि उनै ह्यारीको आग्रहमा भारतबाट सुस्मिता मिश्र नामको ह्वाट्स्याप एकाउन्ट चलाउने व्यक्तिले सम्पर्क गरी उक्त सामानहरु भारत आई सकेको बताउँछिन् । सो लिनको लागि ४५० डलर तिर्नु पर्ने भनि मुना भट्टराईले भन्छिन् पैसा पठाउन मञ्जुर भएपछि नेपाल मिश्रले एसबीआई बैंकमा संजिव पौडेलको नाउँको खातामा पैसा जम्मा गर्न भनेपछि भट्टराईले बराबरको ५१ हजार ७८० जम्मा गरीदिन्छिन सो पश्चात पुनः सुस्मिता मिश्र नामको ह्वाट्स्याप एकाउन्ट चलाउने व्यक्तिले सम्पर्क गरी उक्त सामानमा २० हजार ( पाउण्ड स्टलिङ रहेछ, सो बापतको एक लाख ३३ हजार र जरिवाना तिर्नु पर्ने भयो भनि पुन पैसा पठाउनु भन्छिन् ।

त्यसपश्चात पीडित मुना भट्टराईले उजुरी पर्न आएपछि पैसा जम्मा भएको खातावाला संजिव पौडेललाई फागुन २१ गतेका दिन पक्राउ परे । भरतपुरका संजिव पौडेलले भारतमा बस्ने मानिसँग मिलोमतो गरी ह्वाटस्याप एकाउन्टबाट नेपालका मानिसलाई सम्पर्क गर्न लगाउने र उपहार पठाई दिने भनि प्रलोभनमा पारी सो बापत कर तिर्नु पर्छ भनि आफ्नो खातामा रकम जम्मा गर्न लगाउने गरेको तथ्य खुलेका प्रहरीले जनाएको छ ।
पौडेलले नेपालबाट पैसा निकाल्दा आफू पक्राउ पर्ने डरले पूर्ण योजना बनाई आफ्नो उक्त खाताको कार्डसमेत भारतका मानिसलाई दिई पैसा भारतबाटै निकाल्न लगाउने गरेको र सो भारतका मानिसले निज संजिव पौडेललाई पैसा पठाउने गरेको प्रहरीले बताएको छ । पक्राउ परेका संजिव पौडेल उपर ठगी मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

हराएको तथा चोरी भएको मोबाइल हस्तान्तरण

जिल्ला प्रहरी कार्यालय चितवनले करिब चार लाख २९ हजार बराबरको हराएका मोबाइल खोजतलास गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ । आज पत्रकार सम्मेलन गरी सो मोबाइलको बारे पनि जानकारी दिएको थियो ।

हराएका तथा चोरी भएको मोबाइल खोजतलास गरी पाउँ भनी पर्न आएको निवेदनका आधरमा कार्यालयबाट खोजतलास गर्ने क्रममा फेला परेका मोबाइलहरु सम्बन्धित धनीलाई हस्तान्तारण गरिएको हो ।

मोबाइल खोजतलास गर्ने क्रममा फेला परेको करिब चार लाख २९ हजार बराबरको विभिन्न कम्पनीको २३ थान सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको हो । साउन यता १ गतेदेखि फेला परेका करिब २६ लाख बराबरको १२६ थान मोबाइल यस अघि नै सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको थियो । पछिल्लो समयमा मोबाइल खोजतलासको लागि सीडीआर शाखा सञ्चालन गरी हराएको तथा चोरी भएको मोबाइल खोजतलास कार्य तीव्र पारिएसँगै हराएको तथा चोरी भएको मोबाइल फेला पर्ने संख्यामा बृद्धि आएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>