Breaking News

गीता हातमा राखेर कसम खान्छु कि राप्रपालाई कदापि फुट्न दिने छैन : अध्यक्ष थापा

Banner

काठमाडौं, फागुन २८–

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले भागवद् गीतामा हातमा लिएर पार्टी नफुटाउने कसम खाएका छन् ।

बुधबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकीकरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपालाई नफुटाउने र फुट्न नदिने कसम खाएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गीता हातमा लिएर (कसम खाँदै) आफूले कहिले पनि पार्टी नफुटाउने प्रतिज्ञा व्यक्ति गरेका छन् ।

तीन राप्रपाबीचको एकीकरण घोषणा कार्यक्रममा अध्यक्ष थापाले राष्ट्रियता र प्रजातन्त्रप्रति प्रतिवद्ध भएर देश बनाउने अभियानमा हिँडेका राप्रपा परिवार एकतावद्ध भएको भन्दै अब फुट्न नदिने उद्घोष गरे ।

‘अब राप्रपा कहिले पनि फुट्ने छैन । पार्टी एकता भएको छैन अब फेरि फुट्छ कि भन्ने चिन्ताबाट मुक्त हुनुस् ’ उनले कार्यकर्तालाई आग्रह गरे ।

फुटमा नेताहरुमात्र जिम्मेवार नहुने बताएका थापाले नेताको पछाडि होइन नीतिको पछाडि, व्यक्ति को पछाडि होइन विचारको पछाडि भन्ने शंकल्प लिइयो भने पार्टी नफुटने बताए ।

उनले तीनै जना यो भावनासँग सहमत भएर पार्टी एकता भएको बताए । अध्यक्ष थापाले ‘म कहिल्यै पनि पार्टी फुटाउने छैन’ भनेर उनले भनिरहँदा कार्यकर्ताले होहल्ला गरेका थिए ।

त्यसपछि उनले खल्तीमा हात हाले र गीताको पुस्तक निकाले । ‘तपाईंहरुलाई विश्वास लागेन मैले गीता ल्याएको छु । यो गीता हातमा राखेर म कसम खान्छु कि राप्रपालाई कदापि फुट्न दिने छैन ।’

उनले राप्रपाको एजेन्डा बलियो हुँदाहुँदै पनि नेताहरुकै कारणले जनविश्वास प्राप्त हुन नसकेको र जनविश्वास प्राप्त गर्न एकताबाहेक अरु उपाय नभएको बताए।

‘त्यसैले यो एकतालाई सार्थक बनाएका छौं। यो एकतासँगै राष्ट्रिय राजनीतिमा सशक्त तेस्रो राजनीतिक धार उदय भएको छ,’ उनले दुई राप्रपाबीच भएको एकतासभालाई संबोधन गर्दै भने, ‘साम्यवादी र समाजवादी धार हावी भएको छ। कम्युनिष्ट र काँग्रेस दुवै नै वामपन्थी र मध्यवामपन्थीहरु हुन् र त्यही धार हावी भइरहेकाे छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>