Breaking News

गोकुल बाँस्कोटाको घरमा आतंककारी समूहको बम प्रहारः प्रचण्ड

Banner

काठमाडौं,फागुन २८-

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरी क्षति पुर्‍याएको बताएका छन्। बुधबार प्रेस विज्ञप्ति निकालेर प्रचण्डले पार्टीका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य र पूर्वमन्त्री बाँस्कोटाको भक्तपुर मध्यपुर नगरपालिका वडा नम्बर १ लोकन्थलीस्थित निजी निवासमा आतंककारी समूहले बम विस्फोट गरेको उल्लेख गरेका हुन्।

‘बाँस्कोटाको निजी निवासमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्‍याएको छ। म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भ्रत्सना गर्दछु,’ प्रचण्डले भनेका छन्, ‘घटनामा संलग्न अपराधीहरूलाई नियन्त्रणमा लिन र कडा कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउँछु।’

पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको लोकन्थलीस्थित घरमा बुधबार बिहान भएको बम विष्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>