चितवन विशेष

चितवनको कालिकामा अवैध सालको काठ बरामद

Banner

चितवन, फागुन २६-

डिभिजन वन कार्यालय चितवनले अवैध सालको काठ बरामद गरेको छ । गएराति गस्तिमा गएको कार्यालयको टोलिले कालिका नगरपालिका ८ गैरीबारीमा सालको गोलिया लोड गरेको अवस्थामा दुईवटा बोलेरो सहित काठ बरामद गरेको हो ।
बरामद गरिएको करिव ढेड सय क्यूफिट काठ र बोलेरो अहिले अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा राखिएको कार्यालयका सुचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

राति एक बजे ना ४ च ९३७३ र ग १ च४१९७ नम्बरको बोलेरोले सालको काठ लोड गरेका थिए । चालक भने गस्तिमा निस्किएको टोलि देखेपछि फरार भएको सुचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>