Breaking News
काँग्रेसको केन्द्रीय सदस्य बन्ने यी हुन् गच्छदार समूहका ११ नेता

काठमाडौं, फागुन २३–
नेपाली काँग्रेसले उपसभापति विजयकुमार गच्छदार समूहका ११ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
सभापति शेरबहादुर देउवाले शुक्रबार ११ जना नेताहरुलई केन्द्रीय सदस्य मनोनित गरेका हुन्। तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट काँग्रेसमा समाहित भएकाहरूलाई समेटेर देउवाले पाँच महिना पछि केन्द्रीय सदस्य बनाएका हुन् ।
केन्द्रीय सदस्य बन्नेहरुमा कैलालीका रामजनम चौधरी, सिराहाका नसिर सिद्धिकी, झापाका भारतेन्दुकुमार मल्लीक, सप्तरीका हेमराज तातेड, बर्दियाका गोपाल दहित, बर्दियाकै मंगलप्रसाद थारु, दाङका योगेन्द्र चौधरी, मोरङका हरिप्रसाद न्यौपाने, सुनसरीकी सुमित्रा थरुनी, सुनसरीकै कल्पना चौधरी र मोरङका पवनकुमार सारडा रहेका छन् ।
गत वर्ष कात्तिक २० गते बसेको केन्द्रीय कार्यसमिति बैठकले राजनीतिक निर्णयका आधारमा गच्छदारलाई उपसभापति मनोनित गरेको थियो।
२०७४ सालको चुनावअघि गच्छदारले पार्टी कांग्रेसमा मिलाएका थिए। त्यही वर्ष फागुन २१ गते गच्छदार संसदीय दलको उपनेता चयन भएका थिए।
























