Breaking News
मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना, चार जनाको मृत्यु
०

हेटौँडा, फागुन २१ –
मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरीमा मकवानपुरगढीदेखि हेटौँडातर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
शिखरकटेरीको गैरीभञ्ज्याङ मोडमा ब्रेक फेल भइ अन्यन्त्रित भएर पल्टिँदा मृत्यु हुनेको संख्या ४ पुगेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
बुधबार साझा जन्ती बोकेको ना ३ ख ३५५६ बस दुर्घटना भएको प्रहरी ले जानकारी दिएको छ ।
मृत्तक चारै जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी १८ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा गढी–७ बस्ने वर्ष ३५ को सोमबहादुर रुम्बा र सोही ठाउँ बस्ने वर्ष २९ को सोमबहादुर मोक्तान रहेको प्रहरीले जानकारी दिएको छ । बाँकी मृतक २ जनाको सनाखत भएको छैन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























