चितवन विशेष
प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै चितवनमा दीप प्रज्वलन
०

चितवन,फागुन २०-
प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै चितवनमा आज साँझ दीप प्रज्वलन गरिएको छ । मदन भण्डारी फाउण्डेशन चितवनको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।
प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यका लागि सबै चितवनवासीको तर्फबाट दीप प्रज्वलन गरिएको फाउण्डेशन चितवन शाखाका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्लाका नेकपा नेता कार्यकर्ता र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आज सफल मिर्गौला प्रत्यारोपण भएको छ ।
सो अवसरमा नेकपा प्रदेश कमिटी सह इन्चार्ज कासिनाथ अधिकारी,मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जेएन थपलिया प्रदेश सभा सदस्य विजय सुवेदी,नेकपा भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपाने लगाएतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























