Breaking News
कोरोना प्रभाव: भीडभाडमा नजान भरतपुर महानगरपालिकाको अपिल
०

चितवन, फागुन २१-
भरतपुर महानगरपालिकाले विश्वभर फैलिएको कोरोना संक्रमणबाट बच्नको लागि धेरै मानिसको चहलपहल हुने भीडभाडमा नजान अपिल गरेको छ ।
महानगरले आज सार्वजनिक सूचना प्रकाशित गर्दै सो अपिल गरेको हो । सूचनामा मेला, पर्व र पारिवारिक जमघटमा सहभागी नहुन सबैलाई अनुरोध गरिएको छ । रुखा वा खोकी लागेमा मास्कको प्रयोग गर्न र साबुनपानीले राम्रोसँग हात धुन पनि महानगरले सबैलाई जानकारी गराएको छ । महानगरले यदि सूचना विपरित जात्रा, पर्व, मेला र उत्सवजस्ता कार्यक्रम गरेमा नियमअनुसार कारबाही गरिने पनि सार्वजनिक सूचनामा प्रष्ट पारेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























