Breaking News

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शुरु,शुभेच्छुकले भरियो अस्पताल

Banner

काठमाडौँ, फागुन २१-

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शुरु गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मिर्गाैला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई अहिले १० बजे शल्यक्रिया कक्षमा लगिएको छ ।

मिर्गौला प्रत्यारोपण गर्न करिब पाँच घण्टा लाग्ने अस्पतालले जनाएको छ । अस्पतालका प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण शुरु गरेका हुन् ।

मिर्गौला प्रत्यारोपणअघि उनको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए । उनलाई उनकी भान्जी समीक्षा सङ्ग्रौला कोइरालाले मिर्गाैला दान गर्नेछिन् । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>