Breaking News

एसिसी इस्टर्न रिजन: थाइल्यान्डविरुद्ध नेपालको फराकिलो जित

Banner

काठमाडौं,  फगुन २१-

एसिसी इस्टर्न रिजन टि २० क्रीकेटमा थाइल्यान्डविरुद्ध नेपालले फराकिलो जित हासिल गरेको हो । प्रतियोगितामा नेपालको यो पहिलो जित हो ।

थाइल्यान्डले दिएको ६७ रनको झिनो लक्ष्य पछ्याएको नेपालले ५.३ ओभरमा १ विकेट गुमाउँदै ७२ रन बनायो । जित दिलाउन कुशल मल्लले १८ बलमा ३६ रनमा अविजित रहे भने पवन सराफ १० बलमा २७ रनमा अविजित रहे । पारस खड्का ५ बलमा ९ रनमा आउट भए ।

यसअघि पहिले व्याटिङ गरेको थाइल्यान्ड ६६ रनमा अलआउट भयो । नेपालका करन केसीले ३ र अविनास बोहराले २ विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>