चितवन विशेष

आमसञ्चार तथा पत्रकारिता शिक्षाबारे भरतपुरमा अन्तरक्रिया

Banner

चितवन, फागुन २०-

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा आज आमसञ्चार तथा पत्रकारिता शिक्षा र सिकाइ प्रक्रियाबारे दुई क्याम्पसबीच अनुभवको आदानप्रदान भएको छ ।

सप्तगण्डकी क्याम्पस र काठमाडौँको गोल्डेन गेट इन्टरनेशनल कलेजका बीच सो अनुभवको आदानप्रदान भएको हो । कार्यक्रममा गोल्डेन गेट कलेजका आमसञ्चार तथा पत्रकारिता विषयका प्राध्यापक सरोज रेग्मीको नेतृत्वमा आएको २७ जना प्राध्यापक र विद्यार्थीहरुको टोलीले सप्तगण्डकी बहुमुखी क्याम्पसमा आमसञ्चार तथा पत्रकारित विषय अध्यापन गर्ने प्राध्यापकहरु र बिद्यार्थीहरुसँग अन्तरक्रिया गरेका हुन् । यसबाट आपसी ज्ञान तथा अनुभवहरुको आदानप्रदान हुने कार्यक्रमका संयोजक तथा सप्तगण्डकी बहुमुखी क्याम्पसका आमसञ्चार विषयका सहायक प्राध्यापक मधुसूदन दवाडीले नारायणी अनलाइनलाई जानकारी दिए ।

अन्तरक्रियामा क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायण रेग्मीले क्याम्पसको समग्र अवस्था र सांगठनिक संरचनाको बारेमा जानकारी गराएका थिए । त्यस्तै कार्यक्रममा क्याम्पसकी समाजशास्त्रकी प्राध्यापक लक्ष्मी पोखरेलले मानविकी संकायका सबै विषयहरु समाज र मानिससँग सम्बन्धित विषय भएकोले यसरी गरिने ज्ञानको आदानप्रदान र अन्तरक्रियाले विद्यार्थीको क्षमता अभिवृद्धि हुने विचार राखिन् । कार्यक्रममा गोल्डेन गेट इन्टरनेशनल कलेजका प्राध्यापक सरोज रेग्मीले अब अरुको मिडियामा भर पर्ने भन्दा पनि आफैले पनि मिडिया सामग्रीहरुको उत्पादन गरेर केही न केही आर्जन गर्न सकिने विचार राखे ।

त्यसैगरी कार्यक्रममा सप्तगण्डकी क्याम्पसका आमसञ्चार र पत्रकारिता विषयका सहायक प्राध्यापक दिपेन्द्र अधिकारीले चितवनको पत्रकारिताको अवस्थाबारे जानकारी गराएका थिए । अन्तरक्रियामा सप्तगण्डकी बहुमुखी क्याम्पसका आमसञ्चार तथा पत्रकारिता विषयका सहायक प्राध्यापक दवाडीले क्याम्पसको आमसञ्चार शिक्षा, रोजगारीको अवसर र प्राध्यापन अनुभवबारे जानकारी गराएका थिए । गोल्डेन गेट इन्टरनेशनल कलेजका प्राध्यापक तथा विद्यार्थीहरुले सप्तगण्डकी क्याम्पसमा रहेको रेडियो तथा टेलिभिजन प्रयोगशालामा भएका क्रियाकलापहरुबारे जानकारी लिएका थिए ।

अन्तरक्रियामा सप्तगण्डकी आमसञ्चार क्लबका अध्यक्ष चन्द्रप्रकाश उपाध्यायले क्लबले क्याम्पसमा गरेका गतिविधिहरुबारे अवगत गराएका थिए । त्यसैगरी गोल्डेन गेट कलेजका तर्फबाट बीए दोस्रो वर्षमा आमसञ्चार तथा पत्रकारिता विषय अध्ययनरत विद्यार्थीहरु प्रमोद केसी र कुशल न्यौपानले मन्तव्य राखेका थिए । अन्तरक्रियापछि प्राध्यापक तथा विद्यार्थीहरुले भरतपुरको कालिका एफएम तथा टेलिभिजनको भ्रमण गर्नुका साथै पत्रकारहरुसँग मिडियाका समस्याहरुबारे अन्तरक्रिया गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>