Breaking News
कोरोनाबाट बच्न सीमा नाकाहरुमा कडाइ गर्न सांसद पोखरेलको माग

चितवन, फागुन २०-
चितवनबाट निर्वाचित सांसद कृष्णभक्त पाखरेलले केरोनाको त्रास फैलँदै गएकोले सीमा नाकाहरुमा कडाइ गर्न सरकारसँग माग गरेका छन् ।
आज संसदमा विशेष समयमा बोल्दै सांसद पोखरेलले विश्वका ५७ देशमा फैलिएको नोबेल कारोना भाइरसबाट तीन हजारभन्दा बढीको मृत्यु भइसकेकोले नेपाल सरकारले पनि सुरक्षाको आवश्यक उपायहरु अपनाउन सरकारसँग माग गरे । उनले भने, ‘विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार नेपाल जोखिमको सूचिमा रहेको देश भएकोले सरकारले आवश्यक सर्तकताका उपायहरु अपनाउनुपर्छ ।’ उनले विदेशका सम्पूर्ण उडानहरु बन्द गरेर नेपालको सबैतिर खुला सीमा नाकाहरु भएकोले सबै बन्द गर्न माग गरे ।
देशको सबै ठाउँमा कोरोना उपचारको लागि आवश्यक केन्द्रहरु निर्माण गर्न पनि उनले सरकारसँग माग गरेका छन् । संसदमा बोल्दै उनले सरकारले चीनबाट उद्दार गरेर ल्याइएका नेपालीहरुलाई विशेष निगरानीमा राखेर घरघर पठाएकोमा पनि सरकारलाई धन्यवाद दिए ।
























