Breaking News

बलात्कारका आरोपी सिद्धबाबा जेल चलान

Banner

सुनसरी, फागुन २०–

बलात्कारको आरोप लागेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरी सिद्धबाबा जेल चलान भएका छन् ।

जबरजस्ती करणी मुद्दा लागेका सिद्धबाबा जिल्ला अदातल सुनसरीमा उपस्थित भएसंगै जेल चलान भएका हुन् । उनी आज बिहान १२ बजेतिर जिल्ला अदालत सुनसरीमा पुगेर आत्मसमर्पण गरेका थिए ।

अदालत आउनासाथ उनलाई थुनुवा पूर्जी दिएर झुम्का जेल पठाएको जिल्ला अदालत सुनसरीका निमित्त स्रेस्तेदार निधिराम दाहालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>