चितवन विशेष

वामदेव गौतम मन्त्री बन्ने संवैधानिक बाटो नै छैन: सुरेन्द्र पाण्डे

Banner

चितवन, फागुन १७–

सत्तारुढ दल नेकपा भित्र अहिले बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयले माहोल तातेको छ । बामदेव राष्ट्रिय सभा हुँदै मन्त्री बन्नेसम्मको चर्चा चलेपछि सर्वत्र आलोचना समेत भइरहेको छ । तर सत्तारुढ दल नेकपाका स्थायी समितिका सदस्य सुरेन्द्र पाण्डेले भने बामदेव गौतम राष्ट्रिय सभाको सदस्य बने पनि मन्त्री बन्ने कुनै संवैधानिक व्यवस्था नभएको प्रष्ट पारेका छन् ।

चितवनको भरतपुर विमानस्थलमा आज (शनिबार) विहान सञ्चारकर्मीसँग कुरा गर्दै नेता पाण्डेले निर्वाचनमा पराजित भएको व्यक्ति सो प्रतिनिधी सभाको कार्यकाल भरी नियुक्तिका लागि योग्य नहुने सम्वैधानिक व्यवस्था भएकोले नेता गौतम सांसद बने पनि मन्त्री हुन नसक्ने बताए । उनले भने–‘संविधानको धारा ७८ को उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भन्ने व्यवस्था छ ।’

जनताले पराजित गरेका व्यक्ति सांसद वा मन्त्री हुन खोज्नु गलत परिपाटी भएको नेता पाण्डेको भनाई छ । संविधान संसोधन गरेर राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउने गरी बाटो खोल्न पार्टी सचिवालयले गरेको निर्णयको पक्षमा जनता नदेखिएपछि कार्यदल नैं भंग गरिएको नेता पाण्डेको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>