चितवन विशेष

चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

Banner

चितवन, फागुन १६-

चितवनको भरतपुरमा आज साझ ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

साझ ७:१५ बजेको समयमा भरतपुर-१० बाइपास सडकस्थित हुलाक चोकमा आंपटारीबाट पारसबसपार्क तर्फ जाँदै गरेको ना.६ ख १४७५ नं को ट्रक र बिपरीत दिशाबाट आईरहेको ना.३१ प. ४५८५ नं को स्कुटर एक आपसमा ठक्कर खाएको हो । दुर्घटनामा घाइते भएका स्कुटर चालक  अन्दाजी २०/२५ वर्षका पुरुषको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>