चितवन विशेष

प्रधानमन्त्रीले बामदेवलाई सिफारिस गर्नुहुन्न भन्ने कुरा कल्पना समेत गर्दिनः प्रचण्ड

Banner

चितवन,फागुन १६-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्नुहुन्न भन्ने कुरा आफूले कल्पना समेत गर्न नसक्ने बताउनु भएको छ । प्रेस संगठन चितवनले शुक्रबार भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीको सचिवालय बैठकले सर्वसम्मत निर्णय गरेकाले प्रधानमन्त्रीले वामदेवलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “महासचिव र प्रवक्तावले यो कुरा सार्वजनिक गरिसक्नु भएको छ, प्रधानमन्त्रीले यो कुरा मान्नुहुन्छ ।” उहाँले अगाडि थप्नुभयो “तपाईहरुले एक दुई दिनमा थाहा पाउनुहुन्छ । उहाँले (प्रधानमन्त्री) ले मान्नु हुन्छ, मान्नै पर्छ ।”
प्रधानमन्त्रीले जसरी पनि वामदेवलाई सिफारिस गर्ने बताउँदै दाहालले भन्नुभयो “उहाँले सिफारिस नगर्ने कुरा मैले कल्पना सम् मगर्न सक्दिन । उहाँले गर्नुहुन्छ, मैले त्यत्ति बुझेको हो । उहाँले सिफारिस नगरे के हुन्छ भन्ने कुरातिर म अहिले जान चाहन्न ।” प्रधानमन्त्री र मेरो संयुक्त अध्यक्षतामा बसेको बैठकले गरेको सर्वसम्मत निर्णयलाई हो ।

अर्थमन्त्री हुनका लागि राष्ट्रिय सभामा जानैपर्छ भन्ने नभएको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो “अर्थमन्त्री बन्नका लागि राष्ट्रियसभामा जानुपर्छ भन्ने छैन, राष्ट्रियसभामा नगए पनि मन्त्री बनाउने अधिकार प्रधानमन्त्रीलाई छ । यो प्रधानमन्त्रीको हातको कुरा हो ।” उहाँले राष्ट्रिय सभाको बाँकी सिटमा वामदेव गौतम नै जाने दावी गर्नुभयो ।

अस्तिको बैठकबाट संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउनु पर्ने भन्ने वामदेवको शर्त हटेको दाहालले बताउनुभयो । संविधान संशोधन आफ्नो प्रक्रियामा हुँदै जाने कुरा भएको बताउँदै दाहालले भन्नुभयो “वामदेव राष्ट्रियसभामा अहिले नै जाने भनेर हामीले निर्णय ग¥यौं ।” व्यवसायीहरुसँगको भेटपछि वामदेवलाई अगाडि सारिएको कुरा कपोल्कल्पित भएको दाहालले बताउनुभयो । उहाँले अगाडि भन्नुभयो “जे प्रचार गरिएको यो कपोल्कपित, भ्रामक छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>