चितवन विशेष
चितवन राष्ट्रिय निकुञ्जबाट बाँके लगियो ‘सौराहगज’ र ‘चमचमकली’
०

चितवन,फागुन १६-
बाँके राष्ट्रिय निकुञ्जमा दुई हात्ती थपिएको छ । पर्यटनको विकास र निकुञ्ज संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जको कसराबाट ‘सौराहगज’ र ‘चमचमकली’ नाम गरेका दुई हात्ती लगिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो । यसअघि निकुञ्जमा चार हात्ती थिए ।
नयाँ थपिएसँगै अब हात्तीको सङ्ख्या छ पुगेको छ । उहाँका अनुसार निकुञ्जमा पर्यटकलाई हात्ती सफारी गर्नेदेखि गस्तीमा समेत सहजता हुनेछ । प्रदेश नं ५ मा नेपाल भ्रमण वर्षको उद्घाटन बाँके राष्ट्रिय निकुञ्जबाट शुरुआत गरिएपछि पर्यटकको आकर्षण बढिरहेको उहाँले बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























