चितवन विशेष
सरकारले सुकुमबासी बस्ती भत्काएको भन्दै चितवनमा विरोध
०

चितवन, फागुन १५-
मकवानपुरको पदमपोखरीमा रहेको सुकमबासीका घरहरु सरकारले भत्काएको भन्दै नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले विरोध गरेको छ ।
समाजले आज एक विज्ञप्तिमार्फत् सो घटनाको विरोध गरेको हो । संस्थाका जिल्ला अध्यक्ष छविलाल देवकोटाको हस्ताक्षर रहेको विज्ञप्तिमा मौलिक हकको प्रचलन गराउने मुख्य दायित्व बोकेको सरकारले नै संविधान प्रदत्त नागरिक हकको अवचलन गर्नु गराउनु ज्यादै दुःखद् र लाजमर्दाे विषय भएको उल्लेख गरिएको छ । सुकुमबासीको वैकल्पिक बसोबासको व्यवस्था नगरी आवास विहीन बनाउन नपाइने पनि विज्ञप्तिमा दाबी गरिएको छ । विज्ञप्तिमा बिचल्लीमा परेका मकवानपुरका सुकमबासीप्रति एकबद्धता जनाउँदै भत्काइएका घरको तत्काल क्षतिपूर्तिसहित बसोबासको व्यवस्था गर्न नेपाल सरकार समक्ष माग पनि गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























