चितवन विशेष

बाली तथा पशुपंक्षी बिमा अभिकर्ता तालीम सकियो

Banner

चितवन, फागुन १५–

चितवनको नारायणगढमा बाली तथा पशुपंक्षी बिमा अभिकर्ताको लागि आधारभूत तालीम सम्पन्न भएको छ ।

होटेल रेड कार्पेटमा तीन दिनसम्म चलेको तालीम आज (बिहीबार)बाट सकिएको हो । तालीममा सहभागिहरुलाई किसानहरुलाई बिमाप्रति कसरी आकर्षित गराउने, बिमाका फाइदालगायतका विषयमा प्रशिक्षण दिईएको आयोजक फरवार्ड नेपालका ‘नेपालमा विकासका लागि दुग्ध परियोजना’का संयोजक डा.सुभास चौधरीले जानकारी दिए ।

तीन दिने तालीमको मुख्य उद्देश्य नै नेपालको कृषि पेशालाई रक्षावरण गर्नु रहेको उनले बताए । बिमा कार्यक्रमले किसानको रक्षावरण गर्न सक्ने उनको भनाई छ । सरकारले कृषि बाली र पशु बिमाका लागि ७५ प्रतिशत योगदान दिएको छ भने बाँकी किसान आफैले तिर्नुपर्छ । कुनै क्षति भएमा बिमा कम्पनिले बढीमा ९० प्रतिशतसम्म क्षतिपूर्ती दिन्छ । तर नेपालमा अझै पनि किसानहरु कृषि बाली र पशु बिमा तर्फ आकर्षित छैनन् । यही अवस्थालाई कम गर्न तालीमले महत्वपूर्ण भूमिका खेल्ने डा.चौधरीले बताए ।

फरवार्ड नेपाल र प्राक्टिल एक्सनको आयोजना, बिमा समितिको सहआयोजनामा भएको तालीममा चितवन, मकवानपुर र पूर्वी नवलपरासीका २२ जनाको सहभागिता रहेको थियो । सहभागि हुनेहरुमा पशु प्राविधिक, दुग्ध सहकारीका बिमा उपसमितिका सदस्यहरु थिए ।

सहभागिहरुलाई बिमा समितिको कृषि, लघु, पुर्नबिमा तथा अनुसन्धान शाखाकी प्रमुख पुनम ज्ञवाली श्रेष्ठ र कृषि विभागका वरिष्ठ कृषि प्रसार अधिकृत शिव सुन्दर घिमिरे प्रशिक्षण दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>