चितवन विशेष
चिया, कला र कविताको तेस्रो भाग फागुन १७ गते नारायणगढमा हुने
०

चितवन,फागुन १५-
चिया, कला र कविता नामक साह्िकला र साहित्य बिकास, प्रबर्द्धन र संरक्षण गर्ने उदेश्यले युथ थिंन्कर्स सोसाइटीका आयोजनामा ‘चिया कला र कविता’ श्रृखलाको तेस्रो संस्करण फागनु १७ गते नारायणगढमा हुने भएको छ । होटल रेड कार्पेटमा हुने श्रृखलाको दोस्रो संस्करण गत बर्ष नारायणगढमा नै भएको थियो ।
कार्यक्रममा मौलिक कविता र कलालाई प्रोत्साहन गरिने आयोजकको भनाइ छ । कला र कविता दुबै बिधामा उत्कृष्ट प्रस्तोतालाई आकर्षण पुरस्कारको समेत व्यवस्था गरिएको छ । साहित्य र कला अनुरागीहरुलाई प्राथमिकता दिइने कार्यक्रमको प्रमुख अतिथिमा कवि गोबिन्द बिनोदी रहेका छन् । निर्णायक मण्डलको भुमिकामा कविता तर्फ लेखाराम सापकोटा र सरिता तिवारी छन् भने कलातर्फ चित्रकार योगेश खनाल र बरुन बाबू घिमिरेले कलाको मूल्याकंन गर्ने छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























