मनोरञ्जन

प्रिंयकाको मेहन्दी र संगीतको रौनक

Banner

काठमाडौं फागुन १४

फागुन १५ अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी वैवाहिक बन्धनमा बाँधिदैछन्। त्यसको पूर्वसन्ध्यामा मेहेन्दी र संगीत कार्यक्रमको आयोजना गरियो।

१३ फागनुमा दिउँसो मेहेन्दीको कार्यक्रम आयोजना गरिएको थियो भने बेलुका संगीत कार्यक्रम गरिएको थियो। दुवै जनाले एक अर्काको नाममा मेहेन्दी लगाएका थिए। मध्यरातिसम्म चलेको सांगीतिक कार्यक्रममा प्रियंका र आयुष्मान पनि नाचेका थिए।

प्रियंकाकी आमादेखि, नायिका केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, वर्षा राउत, नायक संजोक कोइराला, आशिरमान देशराज श्रेष्ठ जोशी, पूर्व मिस नेपाल जेनिसा मोक्तान लगायत पनि नाचगानमा सरिक भएका थिए।

कार्यक्रममा आयुष्मान बाजा गाजासहित उपस्थित भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>