चितवन विशेष

काँग्रेस चितवनको आन्दोलनका सबै कार्यक्रम स्थगित, चितवन बन्द नहुने

Banner

चितवन, फागुन १३–

नेपाली काँग्रेस चितवनले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ । जिल्ला सभापति जितनारायण श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै तत्कालका लागि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

विभिन्न माग राख्दै फागुन ७ गते अनशनरत माडी नगरपालिका वडा नं.१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलको जीवन रक्षा र माग पुरा गराउन दवाब दिने उद्देश्यले हिजो (सोमबार) काँग्रेस चितवनले चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । सोही अनुरुप काँग्रेसले सोमबार भरतपुर चौविसकोठीमा एक घण्टा चक्काजाम समेत गरेको थियो ।

त्यसपछि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले वडाध्यक्षको मागको समर्थन गर्दै सम्बन्धित निकायमा सर्वपक्षिय डेलिगेसन जाने निर्णय गरेको थियो । यस निर्णयलाई स्वागत गर्दै काँग्रेसले तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेको काँग्रेस जिल्ला सभापति श्रेष्ठले जानकारी दिए । काँग्रेसले आन्दोलनका कार्यक्रम अन्तरगत फागुन १५ गते चितवन बन्दको आह्वान समेत गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>