चितवन विशेष
मिस नेपाल २०२० को आवेदन खुल्ला, चितवनमा समेत अडिसन हुने

चितवन, फागुन १३–
मिस नेपाल २०२० को अडिसन चितवनमा पनि हुने भएको छ । हरेकवर्ष जसो चितवनमा हुँदै आएको अडिसन यस संस्करणमा पनि चितवनमा अडिसन हुन लागेको हो । मिस नेपाल २०२० को आवेदन खुल्ला गरिएसंगै अडिसनको स्थान समेत टुंगो लागेको छ ।
आयोजक हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकरले मिस नेपालको अडिसन चितवनसहित देशको विभिन्न ९ शहरमा हुने जानकारी दिए । अडिसन हुनेमा स्थानहरुमा काठमाडौं, चितवन, धनगडी, नेपालगंज, बुटवल, पोखरा, वीरगञ्ज, धरान र विर्तामोड रहेका छन् ।
सोमबारबाट खुल्ला गरिएको मिस नेपालको आवोदन मार्च २७ गतेसम्म भर्न सकिने छ । आवोदन फर्म मिस नेपालको वोवसाइटमा गएर पनि निःशुल्क भर्न सकिने छ ।२०२० मे १५ मा नयाँ मिस नेपाल घोषणा गरिने आयोजक हिडन ट्रेजले जानकारी दिएको छ ।
मिस नेपालमा सहभागी हुन १९ वर्षदेखि २६ वर्षसम्मको अबिबाहित युवाती हुनुपर्नेछ । ५.४ इन्च हाइट भएको नेपाली नागरिकता वा नेपाली पासपोर्ट भएकाहरुले मात्र आवोदन दिन पाउनेछन् ।
























