चितवन विशेष

काँग्रेसद्धारा फागुन १५ गते चितवन बन्दको आह्वान

Banner

चितवन, फागुन १२–

नेपाली काँग्रेस चितवनले यही फागुन १५ गते चितवन बन्द आह्वान गरेको छ । निकुञ्ज ऐन संशोधनलगायतका माग गर्दै अनशनरत माडी नगरपालिका वडा नं.१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलको जीवन रक्षाका लागि दबाब दिन घोषणा गरिएको चरणवद्ध आन्दोलन आन्दोलनको कार्यक्रम अनुरुप फागुन १५ गते चितवन बन्दको आह्वान गरेको हो ।

काँग्रेसको चरणबद्ध कार्यक्रम अनुसार आज दिउँसो १ बजेदेखि २ बजेसम्म भरतपुरको चौविसकोठीमा चक्काजाम समेत गरिएको छ । यस्तै आन्दोलनका कार्यक्रम अनुसार भोलि (मंगलबार) जिल्ला प्रशासन कार्यालय अगाडि दिउँसो १२ः३० बजेदेखि १ः३० बजेसम्म धर्ना कार्यक्रम, फागुन १४ गते बेलुका ६ बजे लायन्सचोकबाट पुल्चोक नारायणगढसम्म मसाल जुलुस निकालिने काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।

अनशनरत वडाध्यक्ष पौडेलको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ । काँग्रेसले पौडेलले उठाएको मागप्रति एैक्यवद्धता जनाउँदै तत्काल माग पुरा गराउन सम्बन्धित पक्षसंग अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>