खेलकुद

पद्मोदय पुरुष भलिवलको उपाधि कृष्णपुरलाई

Banner

चितवन, फागुन ११–

‘पद्मोदय खुल्ला नकआउट पुरुष भलिवल प्रतियोगिता–२०७६’ को उपाधि कृष्णपुर खेलकुद विकास समितिले जितेको छ ।

भरतपुर महानगरपालिका–२२ पदमपोखरीमा आज (आइतबार) भएको फाइनल प्रतिस्पर्धामा राष्ट्रिय युवा संघ, भरतपुर १९ लाई पराजित गर्दै कृष्णपुरले उपाधि जितेको हो ।

पद्मोदय युवा क्लव पटिहानीको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । कृष्णपुरलाई उपाधि जित्न चार सेट खेल्नु पर्‍यो । कृष्णपुरले पहिलो सेट २६–२४, दोस्रो सेट २५–२३ ले जितेको थियो भने तेस्रो सेट २३–२५ ले गुमाएको थियो । चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै कृष्णपुरले २५–२० ले जित्दै उपाधि जित्न सफल भयो ।

उपाधिसंगै कृष्णपुरले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्‍यो भने उपविजेतामा चित्त बुझाएको राष्ट्रिय युवा संघले भने ३० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्‍यो ।

विजेता र उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश खेलकुद विकास परिषद् वागमती प्रदेश सदस्य सचिव सूर्यलाल भण्डारी र आयोजक पद्मोदय युवा क्लवका अध्यक्ष रामहरि सेढाईले पुरस्कार प्रदान गरे ।

फागुन ९ गतेदेखि सुरु भएको प्रतियोगितामा चितवनका १५ वटा टिमले सहभागिता जनाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>