चितवन विशेष
इन्द्रराज चौधरीको सातौं दिनमा श्रद्धाञ्जली सभा

दिपेश चौधरी,
चितवन, फागुन ११–
नेपाली काँग्रेसको आयोजनामा पूर्वीचितवनको रत्ननगरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेसका नेता तथा समाजसेवी स्वर्गीय ईन्द्रराज चौधरीको ७ औ दिनको पुण्य तिथिमा आज रत्ननगर नगरपालिका वडा नं. ६ बछौलीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।
श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काँग्रेसका पूर्व स्वास्थ्य तथा आपूर्ति मन्त्री सुरेन्द्र प्रसाद चौधरीले इन्द्रराज चौधरीको निधनले एक कर्मठ व्यक्तित्व गुमाउनु पर्दा पाटीलाई अतुलनीय क्षति पुगेको बताए ।
कार्यक्रममा पूर्व शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारी, पूर्व सहायक मन्त्री सावित्री बोगटी पाठक, नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति टिकाराम न्यौपाने, नेपाली काँग्रेस चितवनका सचिव राजिव न्यौपाने, प्रदेश सांसद मिलन बाबु श्रेष्ठ, नेपाली काँग्रेसका चितवनका सहसचिव सूर्य अर्याल, नेपाली काँग्रेस चितवन क्षेत्र न १ सभापति राजु सिलवाल, राजेन्द्र प्रसाद बुर्लाकोटी, सुशीला उप्रेती, राजेश्वर खनाल, जोखा चौधरी लगाएत जिल्लाका अन्य काँग्रेसका नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
कार्यक्रम सोमराज ढकालको अध्यक्षता तथा ऋषी खनालले सञ्चालन गरेका थिए ।

























