चितवन विशेष

माडीको समस्या समाधानको माग गर्दै कांग्रेस चितवनले बुझायो ज्ञापनपत्र

Banner

चितवन, फागुन ११

माडीका नागरिकले भोगेका समस्या समाधानको माग राख्दै अनशन बसेका वडा अध्यक्ष कृष्ण पौडेलको जीवन बचाउन माग गर्दैै नेपाली कांग्रेस चितवनले प्रधानमन्त्रीलाई आज ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालयमार्फत कांग्रेसका क्षेत्रीय सभापति लालप्रसाद दवाडीले प्रधानमन्त्रीलाई सो ज्ञापनपत्र बुझाएका हुन् । वडा अध्यक्ष पौडेलको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भनेर कांग्रेसले चक्काजाम, कोणसभालगायतका विभिन्न दबाबमूलक कार्यक्रमहरु गर्दै आएको छ। ज्ञापनपत्रमा माडीका नागरिकको जायज मागलाई समयमा सम्बोधन नगरे त्यसबाट आउने सम्पूर्ण परिणामको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने स्मरण पनि गराइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>