खेलकुद

पद्मोदय पुरुष भलिवलः सेमीफाइनल समिकरण पुरा

Banner

चितवन, फागुन १०-

पद्मोदय युवा क्लव पटिहानीको आयोजनामा जारी ‘पद्मोदय खुल्ला नकआउट पुरुष भलिवल प्रतियोगिता–२०७६’ को सेमीफाइनल समीकरण पुरा भएको छ ।

प्रतियोगिता अन्तरगत आज भएको खेलमा जित हात पार्दै काली बहादुर गण भरतपुर, राष्टिय युवा संघ भरतपुर १९, पद्मोदय युवा क्लव र कृष्णपुर खेलकुद विकास समिति सेमीफाइनलमा प्रवेश गरेका छन् । अब फाइनल प्रवेशका लागि भोलि (आइतबार) पहिलो सेमीफाइनलमा काली बहादुर गण भरतपुरले राष्टिय युवा संघ भरतपुर १९ को सामना गर्नेछ भने दोस्रो सेमीफाइनलमा आयोजक पद्मोदय युवा क्लव र कृष्णपुर खेलकुद विकास समितिको सामना गर्ने आयोजक पद्मोदय युवा क्लवका अध्यक्ष रामहरि सेढाईले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल भोलि नै हुने आयोजकले जनाएको छ ।

आज भएको खेलमा काली बहादुर गणले समाजसेवा युवा क्लवलाई २५-१२ र २५-२१ले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो । यस्तै राष्टिय युवा संघ भरतपुर १९ ले सुन्दर संगम युवा क्लवलाई २५-९ र २५-१२ ले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको हो ।

यसैगरी आजै भएको खेलमा पद्मोदय युवा क्लवले भरतपुर १४ लाई २५-२१, २२-२५ र २७-२४ ले पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको हो । प्रतियोगिता अन्तरगत कृष्णपुर खेलकुद विकास समितिले पिवाईसी मेघौलीलाई २५-१४ र २५-१९ ले पराजित गर्दै सेमीफाइनल स्थान सुरक्षित गरेको हो ।

प्रतियोगिताको शुक्रबार एक कार्यक्रमकाबीच भरतपुर २२ का वडा अध्यक्ष विष्णुराज महतोले समुद्घाटन गरेका थिए । भरतपुर महानगरपालिका–२२ पदमपोखरीमा सुरु भएको प्रतियोगिता आइतबार सकिदै छ ।

प्रतियोगितामा चितवनका १५ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने द्धितीय हुने टिमले ३० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै सेमीफाइनलबाट बाहिरिने दुवै टिमलाई सान्त्वना पुरस्कार स्वरुप १०/१० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक पद्मोदय युवा क्लवका अध्यक्ष सेढाईले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>