खेलकुद

पटिहानीमा पद्मोदय भलिवल प्रतियोगिता सुरु

Banner

चितवन, फागुन ९-

पद्मोदय युवा क्लव पटिहानीको आयोजनामा आज (शुक्रबार) देखि ‘पद्मोदय खुल्ला नकआउट पुरुष भलिवल प्रतियोगिता–२०७६’ सुरु भएको छ ।

प्रतियोगिताको आज एक कार्यक्रमका बिच भरतपुर २२ का वडा अध्यक्ष विस्नुराज  महतोले समुद्घाटन गरेका थिए ।

भरतपुर महानगरपालिका–२२ पदमपोखरीमा सुरु भएको प्रतियोगिताको उद्घाटन दिन आज चार खेल सम्पन्न भएको छ ।उद्घाटन खेलमा आयोजक पद्मोदयले कन्चन समाज विकास परिषदलाई पराजित गरेको छ । पद्मोदयले कन्चन समाजलाइ सोझो सेटमा २५-१८ र २५-१९ ले पराजित गर्यो ।

यस्तै आजै भएको दोश्रो खेलमा पिवाइसी मेघौली विजयी भएको छ । मेघौलीले भरतपुर २३ जगतपुरलाइ २५-१५ र २५-२१ को सोझो सेटमा पराजित गर्यो ।

त्यस्तै तेस्रो खेलमा समाजसेवा विजयी भएको छ । समाजसेवाले हिमाल युवा क्लबलाई २५-१९ र २५-२२ को सोझो सेटमा पराजित गर्न सफल भयो ।

आजको अन्तिम खेलमा भरतपुर १४ ले डिवाइसी वलुवालाइ २५-१७ र २६-२४ को सोझो सेटमा पराजित गर्यो ।

प्रतियोगिता अन्तरगत भोलि (शनिबार) पनि चार खेल हुने आयोजक पद्मोदय युवा क्लवका अध्यक्ष रामहरि सेढाईले जानकारी दिए ।

पहिलो खेलमा पद्मोदय युवा क्लव बि ले सुन्दर संगम युवा क्लब सङ्ग प्रतिस्पर्धा गर्दै छ ।

प्रतियोगितामा चितवनका १५ वटा टिमले प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगिताको विजेताले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने द्धितीय हुने टिमले ३० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै सेमीफाइनलबाट बाहिरिने दुवै टिमलाई सान्त्वना पुरस्कार स्वरुप १०/१० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक पद्मोदय युवा क्लवका अध्यक्ष सेढाईले जानकारी दिए ।

प्रतियोगिताको आज एक कार्यक्रमका बिच भरतपुर २२ का वडा अध्यक्ष विश्नुराज महतोले समुद्घाटन गरेका थिए

महाशिवरात्रीको पावन अवसरमा आयोजना गरिएको यस प्रतियोगिता फागुन ११ गतेसम्म चल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>