चितवन विशेष
सेना दिवसः भरतपुरमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता

चितवन,फागुन ९-
महाशिवरात्री पर्व तथा नेपाली सेना दिवसको अवसर पारेर कालिबहादुर गण भरतपुर व्यारेकले मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा राष्ट्रसेवक टिम विजयी भएको छ । चितवन भलिबल संघ र राष्ट्रसेवक टिमविच भएको मैत्रीपूर्ण भलिवल प्रतियोगितामा ३–२ को सेटमा राष्ट्रसेवक टिम विजयी भएको हो ।

विजयी खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले शिल्ड,मेडल र प्रमाणपत्र वितरण गर्नुभयो । सेना दिवसको अवसर पारेर मैत्रीपूर्ण खेलको आयोजना गरिएको कालिबहादुर गण भरतपुरका गणपती प्रमुख सेनानी विज्ञान खनालले जानकारी दिनुभयो ।
कार्यक्रममा जनपथ प्रहरी,शशस्त्र प्रहरी,ट्राफिक प्रहरीका प्रतिनिधि,चितवन भलिबल संघका पदाधिकारी, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक श्रीमती संघका प्रतिनिधिहरुको सहभागिता रहेको कालिबहादुर गण भरतपुरका सेनानी पूर्ण बहादुर थापाले जानकारी दिनुभयो ।

























