चितवन विशेष

महाशिवरात्री पर्वः देवघाटधाममा भक्तजन (फोटो फिचर)

Banner

सुजन पण्डित,

चितवन,फागुन ९-

महाशिवरात्रीको अवसरमा देवघाटधामका शिवालयहरुमा भक्तजनको घुइँचो लागेको छ । चितवन,तनहुँ र नवलपरासीको संगम देवघाटमा रहेका शिव मन्दिर र कालिगण्डकी र त्रिशुलीको संगम वेणिमा नुहाउनेको भीड लागेको हो । देवघाट आउने भक्तजनका लागि सहज रुपमा दर्शन र स्नानको व्यवस्था मिलाइएको देवघाट क्षेत्रविकास समितिले जानकारी दिएको छ ।

यता चितवन र नवलपुरका विभिन्न शिवालयहरुमा पनि भक्तजनको विहानैदेखि घुँइचो लागेको छ । शिवरात्रीको दिन बिहानै नुहाई धुवाई गरी चोखो लुगा लगाएर महादेवलाई तामाको लोटाबाट जल, गंगाजल, गाईको दूध र शखरले स्नान गराई फलफूल, मिठाई, धटुरो र बेलपत्र चढाउने परम्परा रहेको छ ।

महाशिवरात्रीको दिन महादेवलाई पुजा गर्नाले घरमा सुख शान्ति र पारिवारिक समृद्धि बढ्ने भन्ने धार्मिक मान्यता छ । त्यसैगरी अविवाहित महिलाले महादेवको पूजा गर्नाले राम्रो वर पाउने धार्मिक आस्था रहेको छ । तस्विरमा हेर्नुहोस्ः

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>