खेलकुद

भोलिदेखि ‘पद्मोदय खुल्ला नकआउट भलिवल’, सम्पूर्ण तयारी पुरा

Banner

चितवन, फागुन ८–

पद्मोदय युवा क्लव पटिहानीको आयोजनामा भोलि (शुक्रबार) देखि सुरु हुन लागेको ‘पद्मोदय खुल्ला नकआउट पुरुष भलिवल प्रतियोगिता–२०७६’ को तयारी पुरा भएको छ ।

प्रतियोगिता फागुन ११ गतेसम्म भरतपुर महानगरपालिका–२२ पदमपोखरीमा हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भईसकेको आयोजक पद्मोदय युवा क्लवका अध्यक्ष रामहरि सेढाईले जानकारी दिए । प्रतियोगितामा चितवनका १४ वटा टिमले प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगिताको विजेताले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने द्धितीय हुने टिमले ३० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै सेमीफाइनलबाट बाहिरिने दुवै टिमलाई सान्त्वना पुरस्कार स्वरुप १०/१० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक पद्मोदय युवा क्लवका अध्यक्ष सेढाईले जानकारी दिए ।

महाशिवरात्रीको पावन अवसरमा आयोजना गर्न लागिएको यस प्रतियोगिताले पटिहानीको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउने अध्यक्ष सेढाईले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>