खेलकुद

भोलिदेखि ‘पद्मोदय खुल्ला नकआउट भलिवल’, सम्पूर्ण तयारी पुरा

०
Banner

चितवन, फागुन ८–

पद्मोदय युवा क्लव पटिहानीको आयोजनामा भोलि (शुक्रबार) देखि सुरु हुन लागेको ‘पद्मोदय खुल्ला नकआउट पुरुष भलिवल प्रतियोगिता–२०७६’ को तयारी पुरा भएको छ ।

प्रतियोगिता फागुन ११ गतेसम्म भरतपुर महानगरपालिका–२२ पदमपोखरीमा हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भईसकेको आयोजक पद्मोदय युवा क्लवका अध्यक्ष रामहरि सेढाईले जानकारी दिए । प्रतियोगितामा चितवनका १४ वटा टिमले प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगिताको विजेताले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने द्धितीय हुने टिमले ३० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै सेमीफाइनलबाट बाहिरिने दुवै टिमलाई सान्त्वना पुरस्कार स्वरुप १०/१० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक पद्मोदय युवा क्लवका अध्यक्ष सेढाईले जानकारी दिए ।

महाशिवरात्रीको पावन अवसरमा आयोजना गर्न लागिएको यस प्रतियोगिताले पटिहानीको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउने अध्यक्ष सेढाईले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>