चितवन विशेष

चितवनमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Banner

चितवन, फागुन ७–

चितवनको भरतपुरमा आज (बुधबार) राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चौविसकोठी–मेघौली सडक खण्ड अन्तरगत भरतपुर महानगरपालिका–१९ तमुचोकमा राती ८ः३० बजेको समयमा चनौलीबाट रामपुरतर्फ आउँदै गरेको प्रदेश नं २००३–००४प ९४४० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्किएको थियो ।

गम्भिर घाइते भएका चालक भरतपुर–६ गीतानगरका ३५ वर्षीय राजेन्द्र पौडेललाई तत्कालै स्वास्थ्य चौकी रामपुरमा लगिएको थियो ।उपचारको क्रममा ८ः४५ बजेको समयमा पौडेलको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>