चितवन विशेष

काँग्रेस चितवनको सहसचिवमा राजन कार्की मनोनित

Banner

चितवन, फागुन ७–

नेपाली काँग्रेस चितवनको सह–सचिवमा राजन कार्की चयन भएका छन् । विजय कुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक (फोरम)ले नेपाली काँग्रेससंग एकीकरण गर्दा संगठनमा पाएको भाग बण्डाको आधारमा कार्की काँग्रेस चितवनको सह–सचिवमा मनोनित भएका हुन् ।

यस्तै लोकतान्त्रिक (फोरम)बाट चार जना काँग्रेस जिल्ला सदस्यमा मनोनित भएका छन् । सदस्यहरुमा पाल्टेन घलान, नरबहादुर राई दनुवार, फूलमाया श्रेष्ठ, रामजी चौधरी मनोनित भएका छन् ।

गच्छदारको तर्फबाट तत्कालिन फोरमका केन्द्रीय सदस्य कृष्ण दुलालले फोरम लोकतान्त्रिक पाएको भागबण्डाको अनुरुपको नामावली काँग्रेस उपसभापति बिमलेन्द्र निधीलाई बुझाएका छन् ।

नामावलीमा २ सय महासमिति सदस्य, ६ सय महाधिवेशन प्रतिनिधि, २२ जिल्लामा पाटीले पाएको भागबण्डाका पदाधिकारी र सदस्यहरुको नामावली रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>