चितवन विशेष

विद्यार्थीको लफडाः कृषि विश्वविद्यालयको परीक्षा स्थगित

०
Banner

चितवन, फागुन ७–

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले हाल संचालन भइरहेको परीक्षा तथा पठन पाठनका कार्यक्रम फागुन १७ गतेसम्मका लागि स्थगित गरेको छ ।

विश्वविद्यालय अन्र्तगत कृषि संकाय र पशु विज्ञान, पुश चिकित्सा तथा मत्स्य विज्ञान संकायको नियमित पठनपाठन तथा परीक्षा संचालनमा असहज स्थिति सिर्जना भएकाले फागुन ८ गतेदेखि १७ गतेसम्म परीक्षा स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय उपकुलपतिको कार्यालयका प्रशासक बुद्धिनाथ ढुंगानाद्धारा जारी सूचनामा आज (बुधबार) निर्णय अनुसार पठनपाठन र परीक्षा स्थगित गरिएको उल्लेख छ ।

यही फागुन १ गतदेखि सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) निकट अनेरास्ववियू भित्रको दुई पक्षबीच झडप भएपछि विश्वविद्यालयमा असहज वातावरण सिर्जना भएको थियो । सोही अनुरुप पूर्व एमाले निकट अनेरास्ववियूले तत्काल परीक्षा स्थगित गरी पठनपाठनको सहज वातावरण बनाउन माग गरेको थियो ।

विश्विद्यालयमा दुई पक्षबीच झडप हुँदा एकतापछिको अनेरास्ववियूका केन्द्रीय सदस्य देवप्रसाद पाठक घाइते भएका थिए । यस्तै सोही घटनालाई लिएर अनेरास्ववियूका विद्यार्थीहरुले नेकपा जिल्ला पार्टी कार्यालयमा तोडफोड समेत गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>