चितवन विशेष
चितवनको रत्ननगर उद्योग वाणिज्य संघ ‘क’ बर्गमा स्तरोन्नति
०

विपिन खनाल
चितवन,फागुन ७-
उद्योग वाणिज्य संघ रत्ननगरले ‘क’ बर्गको मान्यता प्राप्त गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको कार्तिक १५ गते बसेको पदाधिकारी समितिको बैठकले रत्ननगरलाई ‘क’ बर्गको मान्यता दिने निर्णय गरेको हो । महानिर्देशक धरणीधर खतिवडाद्धारा हस्ताक्षरित पत्रमा संघले मापदण्ड पुरा गरेकाले स्तरोन्नति गरिएको जनाइएको छ ।
कार्तिकमा निर्णय भएपनि उद्योग वाणिज्य संघ रत्ननगलाई आजमात्रै पत्र प्राप्त भएको संघका अध्यक्ष राजाराम रेग्मीले बताउनुभयो । उहाँले ‘क’ बर्गको मान्यता प्राप्त गर्नु रत्ननगरका लागि ठूलो उपलब्धि भएको उहाँले बताउनुभयो । ‘अब रत्ननगर उद्योग बाणिज्य संघको हैसियत चितवन उद्योग वाणिज्य संघ बराबर हो,उहाँले भन्नुभयो’,यसले चितवनकै उद्योग व्यवसायमा थप टेवा पु¥याउँछ ।’ रत्ननगरमा २४ सय सदस्य आबद्ध छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























