चितवन विशेष

प्रजातन्त्र दिवसमा मुख्यमन्त्री पौडेलको सन्देश: शहिदका अधुरा सपना पूरा गर्ने प्रतिबद्धता

Banner

चितवन, फागुन ७-

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शहिदका अधुरा सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा आज एक शुभकामना मन्तव्य जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रजातन्त्र ल्याउन शहिद भएका नेपाली आमाका सन्तानका अधुरा सपना पूरा गर्न सरकार सदैव लागि परेको बताएका छन् । सन्देशमा उनले सकारात्मक सोचका साथ अगाडि बढ्न सबैले आआफ्नो स्थानबाट भूमिका खेल्नुपर्ने बताएका छन् । मुख्यमन्त्रीको सन्देशमा भनिएको छ, ‘देशलाई लामो समयसम्म निरंकुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने मात्र नभई उनीहरुको सम्मानमा हाम्रो शीर सधैं झुक्ने गर्छ ।’

उनले सन्देशमा भनेका छन्, ‘आर्थिक, सामाजिक रूपान्तरणसहित आमजनताको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ गठन भएको वर्तमान सरकार विकास र समृद्धि ल्याउनेमा दृृढ रहेको विश्वास दिलाएका छन् । सन्देशमा सरकारले प्रदेशको गौरव एवम् गेम चेन्जर योजना पोष् बहादुर बोगटी भिमफेदी–कुलेखानी सुरुङ मार्ग, प्रदेश चक्रपथ निर्माण योजना, एकीकृत बस्ती विकास, आवश्यक ५० वटा कानुन निर्माण, १० जिल्लाका ४७ वटा प्रहरी इकाई भवनहरूको निर्माण, दुई वटा प्रदेशस्तरीय औद्योगिक क्षेत्र र औद्योगिक करिडोर स्थापनाको तयारी, एक स्थानीय तह एक ग्राम उद्योग, ८ वडा हिलस्टेसन घोषणा, केन्द्रीय खेलकुद प्रतिष्ठान हेटौँडामा रंगशाला निर्माण, प्रदेशलाई फलफूलमा आत्मनिर्भर बनाउने कार्यक्रम अभियान, दुई वर्षमा ५९ वटा जडीबुटी संकलन तथा भण्डारण केन्द्र स्थापना, विद्युतीय बस सञ्चालन, यायातात निगम स्थापनालगायतका योजनाहरुको काम भइरहेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>