चितवन विशेष
प्रचण्डको निर्वाचन क्षेत्रका पाँच सडकलाई थप १० करोड बजेट विनियोजन

चितवन,फागुन ६-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्रमा सडक निर्माणका लागि थप १० करोड बजेट विनियोजन भएको छ । प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ मा यसै आर्थिक बर्षमा सम्पन्न गर्नेगरी बजेट विनियोजन भएको हो ।
नारायणी करिडोर भरतपुर १६, भरतपुर १४ बरको बोट गौचरन सडक, भरतपुर २७÷२८ गोलाघाट–तेलौली सडक, भरतपुर ६ र १३ को सिमानाहुँदै सितामाई जोड्ने सडक तथा भरतपुर २२ र १४ विशालचोक–सुन्दरबस्ती–प्रचण्डमार्ग सडकलाई बजेट विनियोजन भएको छ । सबै सडकको यसै साता टेण्डर भएको अध्यक्ष दाहालकी स्वकिय सचिव निशा न्यौपानेले जानकारी दिइन् । उनले चितवन क्षेत्र नम्वर ३ मा यसबर्ष सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताइन् ।
यसबाहेक प्रचण्डको निर्वाचन क्षेत्रमा हुलाकी सडक,रामपुर मेघौली तथा अन्य भित्री सडकमा पनि धमाधम कालोपत्रेको काम भइरहेको छ ।
























