भिडियो

‘धुलो’ को ट्रेलरमा रिक्सा चालकको पीडा (भिडियोसहित)

Banner

काठमाडौं, फागुन ६–

‘धुलो’ फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । नेपाल टेलिभिजनमा वरिष्ठ क्यामेरापर्सनका रुपमा कार्यरत संचारकर्मी प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको यस चलचित्र फागु १६ देखि प्रदर्शन हुँदैछ ।

राजधानीमा ठेला–रिक्सा चलाएर गुजारा गर्ने मज्दुरको वास्तवीक जीवनशैली, सपना, संघर्ष र अवस्थाको विषयमा निर्माण गरिएको ‘धुलो’ मा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतका कलाकार मुख्य र नीर शाह, सुशील पोखरेल तथा लक्ष्मी बर्देवालाई विशेष भूमिकामा प्रस्तुत गरिएको छ ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक मिश्रले ‘धुलो’ वास्तविक जिन्दगी र घटनाहरुबाट प्रेरित भएको बताए । उनले लामो समयको संचार र फिल्मकर्मको अनुभव ‘धुलो’ मा लगाएको बताए । अभिनेता बुद्धि तामाङले ‘धुलो’ काल्पनिक नभइ यथार्थ जीवनका कथामा बुनिएको बताए । अभिनेत्री सृजना सुब्बाले दर्शकले यो फिल्ममा आफूलाई महसुस गर्न पाउने दावी गरिन् ।

कार्यक्रममा चलचित्र प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा, ‘धुलो’का गीतकार केशब मिश्र, गायक युवराज चौलागाई,प्रस्तुतकर्ता दीपा धरेल, लेखक सुवाससिंह बस्न्यात र प्रोजेक्ट एडभाइजर सिके वाग्लेले फिल्मले दर्शकको मन जित्ने विश्वास ब्यक्त गरे ।

दीपा धरेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल छन् । केशब मिश्र र दीपक समीरको गीत रहेको ‘धुलो’ रबिन आचार्यले खिचेका हुन् । अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतमा शंकर थापा र जुगल डंगोलको संगीत, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>