चितवन विशेष
चितवनमा गोप्रो क्यामरा मार्फत सवारी चेकजाँच (फोटोफिचर)

चितवन, फागुन ५–
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले नयाँ–नयाँ प्रविधि मार्फत सवारी साधनको चेकजाँच कार्यलाई तिव्रता दिएको छ ।
सोही अनुरुप चितवन ट्राफिक प्रहरीले आज (सोमबार) विहान भरतपुरस्थित चौविसकोठीमा गोप्रो क्यामरा मार्फत सवारी साधनको चेकजाँच गरेको छ । गोप्रो क्यामरा मार्फत चेकजाँच गर्दा सवारी धनीलाई प्रमाण सहित कारवाही गर्न सहज हुने भएकाले सवारी चेकजाँचमा गोप्रो क्यामरा प्रयोग गरिएको ट्राफिक प्रहरी प्रमुख दयाकृष्ण भट्टले नारायणी अनलाईनलाई जानकारी दिए ।
चितवन ट्राफिक प्रहरीसंग हाल दुई वटा नयाँ भर्सनको गोप्रो क्यामरा रहेको छ । एउटा क्यामरा नारायणगढस्थित पुलचोकमा रहेका ट्राफिक प्रहरीले प्रयोग गरेका छन् भने एउटा मोबाइल टोलीले प्रयोग गर्दै आइरहेको छ ।
गोप्रो क्यामरासहितको चेकजाँचले सवारी चालकहरुको व्यवहार र उनीहरुको गल्तीलाई प्रमाणसहित देखाउन सहज हुने ट्राफिक प्रमुख भट्टले बताए । आज चौविसकोठीमा दुई पाँग्रे सवारी साधनहरुको चेकजाँच गरिएको थियो ।




























