चितवन विशेष

सरकार पूर्ण रुपमा असफल, सरकार ढाल्ने योजना छैनः उपसभापति निधी

Banner

चितवन, फागुन ५–

नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधीले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवन शाखाले आज (सोमबार) भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति निधीले दुई वर्ष अवधिमा सरकार पूर्ण रुपमा असफल रहेको बताए । प्रधानमन्त्री केपी शर्माले दुई वर्षसम्म सरकार कायम रहनु नै सरकारको ठूलो उपलब्धी रहेको बताउनु नै सरकारको अवस्थाको मूल्यांकन गर्न सकिने निधीको भनाई छ । उनले भने–‘एउटा यस्तो प्रधानमन्त्री, जो दुई वर्षसम्म लगातार कुर्सीमा बस्न पाउनु नै उपलब्ध ठान्दछन् भने यो कस्तो सरकार होला त्यसैबाट थाहा हुन्छ ।’

उपसभापति निधीले वर्तमान सरकारले जनताका सरोकारका विषय, देशको हितको विषय, शान्ति सुरक्षा, विकास निर्माणको काममा सरकारले गम्भिरतापूर्ण रुपमा नलिएको बताए । उनले भने–‘संघीय प्रणालीलाई सम्वृद्ध बनाउन आवश्यक कानुनहरु, प्रदेश र स्थानीय तहहरुलाई अधिकार सम्पन्न बनाउने लगायतका विषयमा सरकारले कुनै काम गर्न सकेको छैन ।’

यस्तै फरक प्रसंगमा नेता निधीले प्रतिपक्षी दल वर्तमान सरकार ढाल्ने कुनै योजनामा नरहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै सरकार विरोधीहरु सरकार ढाल्ने कसरतमा लागेको भनाई सार्वजनिक गरेपछि पत्रकारले गरेको प्रश्नको जवाफ दिँदै निधीले काँग्रेस सरकार ढाल्ने खेलमा नलाग्ने बताए । उनले भने–‘प्रधानमन्त्रीले कुन प्रसंगमा सरकारले ढाल्ने कुरा गरे उनीहरुको पार्टी भित्रकै अन्तरद्धन्द्धको कुरा होला तर प्रतिपक्षी दलको सरकार ढाल्ने योजना छैन ।’ उनले सरकारले ढाल्ने विषयमा काँग्रेसको कुनै रुची नै नभएको स्पष्ट पारे ।

उसभापति निधीले आगामि निर्वाचनमा काँग्रेसलाई जिताउने अभियान र १४ औं महाधिवेशनलाई सफल बनाउने अभियानमा काँग्रेस सक्रिय भएको बताए । उनले सरकारले गरेका गलत कार्यहरुको विरोध गर्दै जनताको बीचमा जाने काममा प्रतिपक्षी दल लागेको निधीले बताए ।
यस्तै नेता निधीले एमसीसी संसदबाट पारी गर्ने पर्ने स्पष्ट धारणा राखे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>