खेलकुद

पटिहानीमा ‘पद्मोदय खुल्ला नकआउट भलिवल’ हुने

Banner

चितवन, फागुन ४–

पद्मोदय युवा क्लव पटिहानीको आयोजनामा ‘पद्मोदय खुल्ला नकआउट पुरुष भलिवल प्रतियोगिता–२०७६’ हुने भएको छ ।

यही फागुन ९ गतेदेखि ११ गतेसम्म भरतपुर महानगरपालिका–२२ पदमपोखरीमा प्रतियोगिता आयोजना गर्न लागिएको पद्मोदय युवा क्लवका अध्यक्ष रामहरि सेढाईले जानकारी दिए ।

महाशिवरात्रीको पावन अवसरमा आयोजना गर्न लागिएको यस प्रतियोगिताले पटिहानीको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउने अध्यक्ष सेढाईले बताए । प्रतियोगितामा चितवनका १४ वटा टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने द्धितीय हुने टिमले ३० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै सेमीफाइनलबाट बाहिरिने दुवै टिमलाई सान्त्वना पुरस्कार स्वरुप १०/१० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक पद्मोदय युवा क्लवका अध्यक्ष सेढाईले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा भाग लिनका लागि दुई हजार रुपैयाँ टीम दर्ता शुल्क तोकिएको छ । पद्मोदय युवा क्लवले भलिवल मार्फत नै पटिहानीलाई चिनाउँदै आइरहेको छ । सोही क्लवको आयोजनामा अन्तर्राष्ट्रिय स्तरका भलिवल प्रतियोगिता समेत पटिहानीमा सम्पन्न भइसकेको छ । यस प्रतियोगिताले नेपाल भ्रमण वर्ष २०२० संगै पटिहानीको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । नेपाल सरकारद्धारा सूचीकृत १०० नयाँ पर्यटकीय गन्तव्यमा पनि पटिहानी सूचीकृत भएको छ ।

प्रतियोगिताको प्रवद्र्धक संस्थाहरुमा भरतपुर महानगरपालिका नगरकार्यपालिकाको कार्यालय, भरतपुर २२ नं. वडा कार्यालय, पटिहानी युवा तथा खेलकुद परिषद् कार्यालय र पटिहानी पर्यटन विकास समिति रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>