चितवन विशेष

लोहनीको मुद्धा चितवन अदालतले खारेज गर्‍यो,लगत्तै प्रहरीले समात्यो

Banner

चितवन,फागन ४-

चितवन जिल्ला अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पूर्व नेता गुणराज लोहनीमाथि लगाईएको अभद्र व्यवहारको मुद्धा खारेज गरेको छ । जिल्ला न्यायधिश प्रकाश कुमार अधिकारीको इजलासले लोहनीमाथि लगाईएको अभद्र व्यवहारको मुद्धा आज (आइतबार) खारेज गरेको अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनले यही फागुन २ गते चितवन जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । अदालतले मुद्धा नै खारेज गरेपछि लोहनीले सफाई पाउनुभएको छ । तर अदालतले मुद्धा खारेज गरेलगत्तै लोहनीलाई प्रहरीलाई तुरुन्तै पक्राउ गरेको छ । लोहनीलाई प्रहरीले हेटौंडा पु¥याएको छ ।

 लोहनीलाई चितवन प्रहरीले पटक–पटक पक्राउ गर्दै आइरहेको थियो । चितवन प्रहरीले पछिल्लो पटक लोहनीलाई गत माघ ६ गते पक्राउ गरी अनुसन्धान गरिरहेको थियो । यसअघि कार्तिक ५ गते पक्राउ परेका लोहनी १३ दिन हिरासतमा बसेर जिल्ला प्रशासन कार्यालयबाट पाँच हजार रुपैयाँ धरौटीमा रिहा हुनुभएको थियो । लोहनी केही महिना अघिसम्म विप्लव समूहको केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो । तर, लोहनीको स्वास्थ्य समस्याका कारण केन्द्रीय समितिमा रहेर काम गर्न नसक्ने भन्दै उहाँलाई पार्टीबाट बिदाई गरिएको थियो । पार्टीले बिदाई गरेलगत्तै अर्को दिन चितवन प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>