खेलकुद
चितवनमा खेल पदाधिकारीको स्वागत

चितवन, फागुन ४-
चितवन जिल्ला खेलकुद विकास समितिमा प्रदेश सरकारले नियुक्त गरेका अध्यक्ष सहितका पदाधिकारीलाई स्वागत गरिएको छ ।
समितिका प्रशासकीय अधिकृत रामजी ढकालले अध्यक्ष प्रह्लाद प्रधानसहितका पदाधिकारीलाई आइतबार स्वागत गरेका हुन् । जिल्ला खेलकुद विकास समितिमा गरिएको स्वागतका क्रममा प्रधानले आफूहरुले केही दिन अगाडि मात्रै नियुक्ति पाएको भन्दै जिल्लाको खेलकुद विकासका लागि काम गर्ने प्रतिबद्धता जनाए । खेलकूदका लागि चितवन उर्वर भूमि भएको उल्लेख गर्दै प्रधानले चितवनबाट थप राष्ट्रिय खेलाडी उत्पादनका लागि जिल्ला खेलकूद विकास समितिले काम गर्ने बताए । आफूहरु जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारीमा जुटेको समेत जानकारी दिएका छन् । जिल्लामा रहेका सात वटै स्थानीय तहले खेलाडी छनौट गरिसकेको भन्दै प्रधानले चाँडै नै जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गरिने बताए । अघिल्लो कार्यसमितिको योजनामा भएका खेलकूदका गतिविधिलाई पूर्णता दिनुका साथै खेलकूदको विकासका लागि नयाँ रणनीति निर्माण गरे अगाडि बढ्ने प्रधानको भनाइ छ ।
























