चितवन विशेष
रामपुर क्याम्पसमा अनेरास्ववियूवीच विवाद,दुई पक्षको कुटाकुट

चितवन, फागुन ४-
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अनेरास्ववियूका बिद्यार्थीहरु बिच एक आपसमा भएको विवादले उग्र रुप लिँदै गएको छ । तत्कालीन नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच जनयुद्ध दिवस मनाउने विषयमा भएको विवादले उग्र रुप लिएको हो ।
सो विवादका कारण आज अनेरास्ववियु निकट विद्यार्थी संगठनका नेतालाई तत्कालीन अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुले हातपात गरेका छन् । तत्कालिन क्रान्तिकारी निकट विद्यार्थी संगठनका विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटिका अध्यक्ष विवेक पौडेलसहितका नेताहरुले अनेरास्ववियुका केन्द्रीय कमिटी सदस्य देवप्रसाद पाठक, जिल्ला सदस्य सचेत सुवेदी र पूर्व विश्वविद्यालय क्याम्पस कमिटी अध्यक्ष कमल घिमिरेलाई हातपात गरेका हुन्। विवादका कारण तत्कालीन एमाले निकट अनेरास्ववियुका विद्यार्थी संगठनका विद्यार्थीहरु कलेजमा रहेको होष्टेलमा समेत बस्न सक्ने वातावरण नरहेको बताएका छन् । रामपुरमा विद्यार्थीहरुविच पटक पटक विवाद हुने गरेको छ ।
























