क्रिकेट

सौराहा स्याण्ड्सको कार्यालय स्थापना, प्रशिक्षण केन्द्रको शिलान्यास

Banner

चितवन, फागुन ३–

चितवन प्रिमीयर लीग (सीपीएल) टि–२० क्रिकेट प्रतियोगिताको फ्रेन्चाईज टिम सौराहा स्याण्ड्सले कार्यालय स्थापना गरेको छ ।

भरतपुर महानगरपालिका–१० मा स्थापना गरिएको कार्यालयको शनिबार दिउँसो नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य करण महतरा क्षेत्रले उद्घाटन गरे । यस्तै सोही कार्यालय परिसरमा सौराहा स्याण्ड्स प्रशिक्षण केन्द्रको समेत शिलान्यास गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि क्यानका केन्द्रीय सदस्य महतरा, सीपीएल आयोजक संस्था नारायणी एडभर्टाइजिङ एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक राजु चौधरी, सौराहा स्याण्ड्सका सिनियर ओनर मनिष सापकोटा, नेपाली क्रिकेट टिमका पूर्व कप्तान राजु खड्काले केन्द्रको शिलन्यास गरेका थिए ।

केन्द्रमा खेलाडीहरुलाई प्रशिक्षणका लागि एउटा सिमेन्ट पिच र एउटा टर्फ पिचसहितको दुई वटा नेट निर्माण गरिने सौराहा स्याण्ड्सका हेड कोच तथा निर्देशक अनिल अधिकारीले जानकारी दिए । उनका अनुसार प्रशिक्षण केन्द्र ६ महिना भित्रमा निर्माण सम्पन्न गरिने छ । सो केन्द्रमा बालबालिकाहरुलाई क्रिकेटको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइने निर्देशक अधिकारीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्यानका केन्द्रीय सदस्य महतराले स्थापनाको छोटो समयमै सौराहा स्याण्ड्सले क्रिकेटको विकास लागि कार्यालय स्थापना गरेरै अघि बढ्न सुखद रहेको बताए । उनले सौराहा स्याण्ड्सले बालबालिकाहरुका लागि प्रशिक्षण केन्द्र स्थापना गर्नुले चितवनको क्रिकेट विकासमा थप सहयोग मिल्ने बताए ।

सो क्रममा बोल्दै सीपीएलका प्रवन्ध निर्देशक राजु चौधरीले सीपीएलको एक अंगको रुपमा रहेको सौराहा स्याण्ड्सले खेलाडी उत्पादनका लागि प्रशिक्षण केन्द्र स्थापना गर्न लागेकोमा खुशी व्यक्त गरे । कार्यालय स्थापना गरेर सौराहा स्याण्ड्सले व्यवसायिक क्रिकेटलाई थप उचाइमा पु¥याउनमा सघाउ पुग्ने बताए ।

यस्तै सौराहा स्याण्ड्सका सिनियर ओनर मनिष सापकोटाले सीपीएल क्रिकेटको सुरुवातसंगै चितवनमा क्रिकेटको माहोल बढेको बताए । उनले सोही अनुरुप नै सीपीएलको अंगको रुपमा रहेको सौराहा स्याण्ड्सले नयाँ खेलाडी उत्पादनका लागि जोड दिँदै प्रशिक्षण केन्द्र स्थापना गर्न लागेको बताए ।

कार्यक्रममा बोल्दै चितवन क्रिकेट एकेडेमीका प्रशिक्षक एवंम नेपाली क्रिकेट टिमका पूर्व कप्तान राजु खड्काले नयाँ–नयाँ खेलाडी उत्पादनका लागि जिल्लाका विभिन्न स्थानहरुमा क्रिकेट एकेडेमीहरु स्थापना हुनुपर्ने बताए । उनले सौराहा स्याण्ड्सले प्रशिक्षण केन्द्र स्थापना गर्न लागेकोमा खुशी प्रकट गर्दै जिल्लामा थप नयाँ खेलाडी उत्पादन हुनेमा विश्वास व्यक्त गरे । सो क्रममा सौराहा स्याण्ड्स प्रशिक्षक खड्कालाई नगदसहित सम्मान समेत गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>