चितवन विशेष

गामबेसीको चेपाङ संरक्षण केन्द्रमा खाद्यान्न सहयोग

Banner

चितवन, फागुन ३-

पूर्वी चितवनको रत्ननगरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्रमा जापान बस्ने सरस्वती सापकोटाले आज सहभोजसगैँ खाद्यान्न सहयोग गरेकी छन् ।

विगत लामो समयदेखि प्रवासमा रहेकी सापकोटा आफ्नी स्वर्गीय आमा कृष्णकुमारी भण्डारीको स्मृतिमा परिवारसहित केन्द्र पुगेर एक दिनको सहभोजसगैँ खाद्यान्न सहयोग गरेकी हुन् । सो अवसरमा उनले एक हप्तालाई पुग्ने ५० हजार रुपैयाँ बराबर खाद्यान्न केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई हस्तान्तरण गरेकी छन् । केन्द्रमा आश्रित धादिङ, मकवानपुर र गोरखाका असहाय, अनाथ र अति गरिब परिवारका १६५ जना बालबालिका रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>